भीडाले ल्यायो नयाँ इलेक्ट्रीक बाइक, तौल २२ किलो मात्रै - www.meroauto.com
काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता हिरो मोटोकर्पको इलेक्ट्रीक ब्राण्ड भीडाले नयाँ इलेक्ट्रीक बाइक डर्ट–ई के३ सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा बालबालिकाका लागि लक्षित गर्दै उक्त बाइक बिक्री सुरू गरेको हो । कम्पनीले डर्ट–ई के३ ई–बाइकको मूल्य ६९ हजार ९९० भारु (एक्स शोरुम) तोकेको छ । कम्पनीले ल्याएको भीडा डर्ट–ई के३ ई–बाइक विशेष गरी ४ देखि १० वर्ष उमेरका बालबालिकाका लागि उपयुक्त हुने गरी बनाएको हो । यो बाइक बालबालिकाहरूलाई डर्ट बाइकिङको संसारमा परिचय गराउने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ । भीडाको पोर्टफोलियोमा पहिलो मोडेल को रूपमा के३ ई डर्ट बाइक बजारमा आएको हो । याे ई–बाइकको मुख्य आकर्षण भनेको यसमा दिइएको एड्जस्टेबल चेसिस हो । जसमा बालबालिकाको उमेर तथा हाइट अनुसार यसको ह्वीलबेस, ह्यान्डलबार हाइट र सिट हाइटलाई अग्लो वा होचो बनाउन सकिन्छ । बाइकमा सानो, मध्यम र ठूलो गरी तीन कन्फिगरेसनमा सेट गर्न सकिन्छ । केवल २२ किलोग्राम मात्रै तौल रहेको यस बाइकलाई बालबालिकाहरूले सजिलै ह्यान्डल गर्न सक्ने छन् । बाइकमा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले ह्यान्डलबारमा चेस्ट प्याड, दुर्घटना सुरक्षाको लागि म्याग्नेटिक किल स्विच, रियर मोटर कभर र वाल्क असिस्टका लागि रिमुभेबल फुटपेग जस्ता सुविधा फिचरहरू दिएको छ । यो मोडलमा पछाडिमात्रै ब्रेक पाइन्छ भने यदि चाहिएको खन्डमा फ्रन्ट ब्रेक, ठुलो टायर, सस्पेन्सन र रोड स्पेक टायर एसेशरिजका रूपमा छुट्टै लगाउन पाइन्छ । के३ मा ५०० वाटको मोटर र ३६० वाट आवरहो रिमुभेबल लिथियम आयन ब्याट्री प्याक छ । यसमा लो, मिड र हाई गरि राइडिङ मोड दिइएको छ । यसलाई कम्पनीले डिजिटल रूपमा एड्भान्स बनाएको छ । यसका साथै यसमा एउटा मोबाइल एप पाइने छ । जसबाट बालबालिकाको प्यारेन्सले एक्सिलरेशन रेस्पन्स एड्जस्ट र राइड स्टेटिस्टिक्स मनिटर गर्न सक्नेछन् । भीडाको यो मोडेलले यसको मोड्युलर डिजाइन र एर्र्गाेनोमिक्सको लागि अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गरेको थियो । The post भीडाले ल्यायो नयाँ इलेक्ट्रीक बाइक, तौल २२ किलो मात्रै appeared first on Meroauto.