Redirecting...

मनिराम नेतृत्वको संघर्ष समितिले भन्यो- ‘राष्ट्र बैंक वित्तीय माफियाले चलाएको संस्था हो’ - arthasarokar.com

मनिराम नेतृत्वको संघर्ष समितिले भन्यो- ‘राष्ट्र बैंक वित्तीय माफियाले चलाएको संस्था हो’ - arthasarokar.com
Source: aths

काठमाडौँ । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले नेपाल राष्ट्र बैंकले वित्तीय माफियाले चलाएको संस्था भएको बताएको छ । ज्योति विकास बैंक प्रकरणमा ऋणी पक्राउको प्रतिवाद गर्दै समितिले यस्तो बताएको हो । समितिले राष्ट्र बैंक वित्तीय माफियाहरुले नेपाली जनतालाई वैधानिक रुपमा लुट्नको लागि विशेष ऐनद्वारा सञ्चालन गरिएको नाटक मञ्चित संस्था भएको बताएका छ । सामाजिक सञ्जाल फेसबुकमा ज्योति विकास बैंक प्रकरणबारे राष्ट्र बैंकले सार्वजनिक गरेको विज्ञप्ति राख्दै संघर्ष समितिले विशेष वित्तीय ऐन खारेज गरेर मुलुकी देवानी संहिता अनुरुपको वित्तीय ऐन लागू गर्न पनि माग गरेको छ । त्यस्तै, समितिले ज्योति विकास बैंक प्रकरणमा पक्राउ परेका पीडितलाई तत्काल रिहा गर्न पनि माग गरेको छ । आफूहरुका माग पूरा नभए र यही स्थिति रहे निजी बैंक तथा वित्तीय संस्थाहरुको भविष्य राम्रो हुनेछैन भन्दै समितिले चेतावनी समेत दिएको छ ।