Redirecting...

सम्पर्क कार्यालय खोल्न विद्यादेवी भण्डारीले लिइन् चारतले घर - corporatekhabar.com

सम्पर्क कार्यालय खोल्न विद्यादेवी भण्डारीले लिइन् चारतले घर - corporatekhabar.com
Source: cork

काठमाडौँ । सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् । भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चारतले भवन भाडामा लिएकी हुन् । २०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उनीनिकट एक नेताले बताए। उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ । विद्या भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त भवन भाडामा लिएको दाबी गरे । एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । सो घोषणापछि एमालेले उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । तर पनि विद्याले आफ्नो गतिविधि नछाडेकी हुन् । The post सम्पर्क कार्यालय खोल्न विद्यादेवी भण्डारीले लिइन् चारतले घर appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.