Redirecting...

मेसीको २ गोलको मदतमा इन्टर मियामी सेमिफाइनलमा - kendrabindu.com

मेसीको २ गोलको मदतमा इन्टर मियामी सेमिफाइनलमा - kendrabindu.com
Source: kend

काठमाडाैं । लियोनेल मेसीको शानदार प्रदर्शन र टेडियो एलेनको उत्कृष्ट फिनिसिङको मदतमा इन्टर मियामीले फराकिलाे जित दर्ता गरेकाे छ । आज बिहान भएकाे खेलमा इन्टर मियामीले न्यासभिललाई ४-० को अन्तरले पराजित गरेको हाे । खेलमा इन्टर मियामीका लागि स्टार खेलाडी मेसी र एलेनले २-२ गोल गरे। खेलको १०औं मिनेट र ३९औं मिनेट मा गोल गर्दै पहिलो हाफमा टोलीलाई बलियो स्थितिमा पुर्‍याए। दोस्रो हाफमा ७३औं मिनेट र ७६औं मिनेटमा एलेनले छोटो अन्तरालमा दुई गोल थप्दै मियामीलाई ४-० को शानदार जित दिलाए। यस जितसँगै इन्टर मियामीले ‘बेस्ट अफ थ्री’ शृङ्खलामा न्यासभिललाई पछि पार्दै पूर्वी सम्मेलनको सेमिफाइनलमा प्रवेश गरेको छ । अब मियामीले अर्को चरणमा एफ.सी. सिनसिनाटी को सामना गर्नेछ।