मतदानअघि ओली-पोखरेलबीच भलाकुसारी - farakdhar.com
Source: FRDH
नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेका बेला अध्यक्ष पदका दुई मुख्य दाबेदार एकै स्थानमा देखिएका छन् । पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलले एउटै मञ्चमा संवाद गरेका हुन् । प्राविधिक समस्याका कारण एमालेको मतदान आजका लागि स्थगित गरिएको छ । निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार अब मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।