Redirecting...

सवारी कर्जामा कडाइ, कर्जा अवधिभर आम्दानी अनुपात बुझाइरहनुपर्ने - www.meroauto.com

सवारी कर्जामा कडाइ, कर्जा अवधिभर आम्दानी अनुपात बुझाइरहनुपर्ने - www.meroauto.com
Source: meau

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंक सोमबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गर्दै सवारी, घर, व्यक्तिगत अधिविकर्ष कर्जा लगायतमा कर्जा अवधिभर ग्राहकको ऋण भुक्तानी आम्दानी अनुपात विवरण अद्यावधिक गरिरहनुपर्ने व्यवस्था गरेको हो । यससँगै अब ऋणीले आफूले लिएको ऋण तिरिनसकुन्जेलसम्म आफ्नो ऋण भुक्तानी आम्दानी अनुपात विवरण सम्बन्धित बैंकलाई बुझाइ राख्नुपर्ने भएको छ । यसअघि बैंकहरूले कर्जा दिने बेलामा मात्रै ग्राहको ऋण भुक्तानी आम्दानी अनुपात विवरण लिने गर्थे । कर्जा दिइसकेपछि अद्यावधिक गरिरहन पर्दैन्थ्यो । ऋण भुक्तानी आम्दानी अनुपात भनेको ऋणीको आम्दानी र उसले किस्ता तिर्न खर्चने रकमको अनुपात हो । हाल व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जामा यस्तो अनुपात ५० प्रतिशत तोकिएको छ । अर्थात् ऋणीले आफ्नो आम्दानीको ५० प्रतिशत रकम मात्रै किस्ता तिर्न पाउँछ । बैंक तथा वित्तीय संस्थाले अधिकतम सीमाभन्दा बढी हुने गरी कर्जा प्रवाह गरेमा सो कर्जालाई सूक्ष्म निगरानी (वाचलिस्ट)मा वर्गीकरण गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । The post सवारी कर्जामा कडाइ, कर्जा अवधिभर आम्दानी अनुपात बुझाइरहनुपर्ने appeared first on Meroauto.