माछापुच्छ्रे बैंकमा सुनिता शर्माको विभागीय प्रमुखको जिम्मेवारी ‘खोसियो’, ब्राण्डिङ विभागको नेतृत्व अव सुनिल खतिवडाले गर्ने ! - arthasarokar.com
काठमाडौँ । माछापुच्छ्रे बैंकमा लामो समयदेखि ब्राण्डीङ विभागको प्रमुखको हैसियतमा काम गरिरहेकी सुनिता शर्माको सो जिम्मेवारी खोसिएको छ । उनको कार्यशैलीबारे चौतर्फी गुनासा आएपछि जिम्मेवारी खोसिएको बैंकले पुष्टी गरेको छ । बैंकका सूचना अधिकारीसमेत रहेका सुनिल खतिवडाले अव शर्माको जिम्मेवारी आफु मातहत रहने र सो विभागको नेतृत्व आफुले गर्नेगरी बैंकले निर्णय गरेको बताए । ‘अव विभागीय प्रमुखका रुपमा म आएको छु । सुनिताजी यहि विभागमा मेरै मातहतमा रहनुहुनेछ ।’ स्वयम् शर्माले पनि आफ्नो जिम्मेवारीमा खतिवडा आएको स्वीकारिन् । ‘अव तपाईंहरुसँग सुनिल खतिवडाले नै कुरा गर्नुहुन्छ ।’ शर्माले अर्थ सरोकारसँग भनिन्, ‘अवको डिपार्टमेन्ट हेड खतिवडा नै हो ।’ लामो समयदेखि शर्माको कार्यशैलीको चर्को आलोचना भईरहेको थियो । एउटा सञ्चारमाध्यमलाई पठाउनुपर्ने इमेल अर्को सञ्चारमाध्यमलाई पठाएर ‘रेट डिस्क्लोज’ गरेको भन्दै उनको चर्को आलोचना भएको थियो । कतिपय सञ्चारमाध्यममा त बैंकले तय गरेको रेट भन्दा कमको इमेल पठाएर मिडियालाई जिस्काउने गरेको भन्दैसमेत उनको आलोचना भएको थियो । लामो समय उनलाई सो विभागमा राखिएको विषयमा बैंकभित्रै सीइओलाईसमेत प्रश्न गर्नेहरु धेरै थिए । सोहि विभागमा अन्यको थुप्रै ठाउँमा सरुवा हुँदा पनि उनी भने सोहि विभागमा प्रमुखकै रुपमा कार्यरत थिइन् । यस विषयमा चौतर्फी प्रश्न उठेपछि बैंकले उनलाई सो विभागको प्रमुखबाट हटाउने निर्णय गरेको छ । शर्मा माछापुच्छ्रे बैंक भन्दा अगाडी ग्लोबल आईएमई बैंकमा कार्यरत थिइन् ।