Redirecting...

कविता : हिँड् दौड - sahityapost.com

कविता : हिँड् दौड - sahityapost.com
Source: shpt

एकछिन थाक्नु हुन्न तिमी,पुग्नुपर्छ पारि गोधूली।लेख्नुपर्छ देशले बिर्सेको कथा,त्यसैले हिँड् दौड,भोलि आफ्नै नामकोसुनौलो इतिहास लेख्नुपर्छ। तिमीले लेख्नुपर्छ देश,आफ्नै छातीको भित्री तहमाएक मुठ्ठी माटो बोकेर।अञ्जुलीभरि भर्नुपर्छ राष्ट्रियता,अब नथाकी हिँड् दौड,झिस्मिसेमै पुग्नुपर्छ कालापानी,आफ्नै आमाको चीत्कार सुन्न। माथि देउरालीमा पुगेर हेर्नुपर्छ,तल–बेसिका धेरै घेराहरूमिसिएको छेउमा उभिएरएउटा नयाँ सङ्कल्प गर्दैरोप्नु छ भाइचाराका बेर्नाहरू।त्यसैले हिँड् दौड,पुग्नु छ,आफ्नै हराएको देश खोज्न। विदेशीएका अन्तरेको व्यथा सुन्नु छ,सान्नानीको फाटेको चोली टाल्नु छ,जन्तरेको टुक्रिएको मनमामलम पट्टी लगाउनु छ।त्यसैले हिँड् दौड,हामी सबै लिपुलेकमा गएरआफ्नै स्वाधीनताको झण्डा उचाल्नु छ। The post कविता : हिँड् दौड appeared first on साहित्यपोस्ट.