Redirecting...

पत्रकारितामा विश्वासको संकट सुरु हुन लाग्योः महासंघ पूर्वअध्यक्षहरू - nagariknews.nagariknetwork.com

पत्रकारितामा विश्वासको संकट सुरु हुन लाग्योः महासंघ पूर्वअध्यक्षहरू - nagariknews.nagariknetwork.com
Source: ngrk

पछिल्लो समय लोकतन्त्रमाथि नियन्त्रण बढ्नुका साथै पत्रकारिताको भूमिकामाथि समेत विभिन्न प्रश्न गठिरहेको बेला नेपाल पत्रकार महासंघले पत्रकारिताको विश्वासनीयता र लोकतन्त्रको सुदृढीकरण विषयमा एकदिने राष्ट्रियस्तरको कार्यशाला गोष्ठी आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्वसभापति किशोर नेपालले पत्रकारिता क्षेत्रमा विश्वासको संकट हुनलागेको भन्दै पत्रकारहरुले प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै गतिशिल समयमा समेत रुपान्तरण हुँदै अघि बढ्नुपर्ने धारणा राखे। महासंघका अध्यक्ष निर्मला शर्माले एकदशकयता सञ्चारमाध्यमको विश्वासनीयता घुमिरहेको बेला यसलाई माथि उठाउन यस्ताखालका विचार विमर्श एवं गोष्ठी आवश्यक रहेको बताइन् । पूर्वसभापति डा.सुरेश आचार्यले पत्रकारिताले ल्याएको विसंगतिभन्दा पनि पत्रकारितामा ल्याइएका विसंगतिलाई चिर्न आवश्यक रहेको बताए। कथित नागरिक पत्रकारिता र मिथ्या सूचना रोक्नसके पत्रकारिताप्रति विश्वायसनीयता बढ्ने बताउँदै उनले पत्रकारितामा देखिएका नयाँ आयामहरुले पत्रकार आचारसंहितालाई आत्मसाथ गर्नुपर्नेतर्फ जोड दिए। महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले समाजका हरेक क्षेत्रमा राजनीतिकरण गरिदा त्यसको असर पत्रकारितामा परेको बताए । उनले जनताका वास्तविक मुद्दा समेट्न नसकेका कारण पनि पत्रकारिताप्रति जनताको चासो घटेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए। पूर्वअध्यक्ष विष्णु निष्ठुरीले सञ्चारमाध्यमका कमजोरीका कारण नै पत्रकारिता पेशा संकटमा परेको भन्दै कसैसँग मोलाहिजा नगरी देखेको कुरा लेख्नसके पत्रकारिताप्रति जनाताको विश्वास कायम रहने विचार व्यक्त गरे। महासंघले सन् २०१६ देखि सातवटै प्रदेशका एघारवटा जिल्लामा फ्रि मिडिया नेटवर्कमार्फत् लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।कार्यक्रममा फ्रि मिडिया नेटवर्क सञ्चालन भएका महासंघको जिल्ला शाखा अध्यक्षबीच नेटवर्कको प्रभावकारिता बारेमा छलफल गरिएको थियो। सोही कार्यक्रममा बेस्ट मिडिया अवार्डमार्फत दुइवटा रेडियोलाई पुरस्कृत गरिएको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन्। जसमा रेडियो उदयपुर, उदयपुर र कृष्णसार एफएम, बाँकेलाई प्रदान गरिएको छ । यस्तै पत्रकारका लागि तथ्यजाँच पुस्तिका सत्यापन सार्वजनिक गरिएको छ ।यो अवार्ड नेपालका सञ्चारमाध्यमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा भएका असल अभ्यासलाई प्रोत्साहित गर्न शुरू गरिएको हो । नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्ने यो अवार्डको उद्देश्य रहेको छ ।