एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल - farakdhar.com
Source: FRDH
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए । ‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका...