Redirecting...

कविता : यहाँ को बाँच्यो ? यहाँ को मर्‍यो ? - sahityapost.com

कविता : यहाँ को बाँच्यो ? यहाँ को मर्‍यो ? - sahityapost.com
Source: shpt

यहाँकफिनमा सुतेकाहरूउठेर हिँडिरहेका छन्,र कुर्सीमा बसेकाहरू चिहानको निद्रामा छन् ।नेता बाँचेका छन्तर देशको धड्कन सुन्न सक्दैनन् ।शहीद मरेका छन्तर गल्ली–गल्लीमा अझैप्रश्न बनेर हिँडिरहेका छन् । शहीदको रगतसिँढी बनाइन्छसिँढीबाट कुर्सी चढ्छकुर्सीबाट ऐना हेर्दै भन्छ“हामी राष्ट्रसेवक हौँ !”र शहीद दिवसमाचढाइन्छ एक मुठी फूलबगाइन्छ एक थोपा आँसुवर्षभरिको पाप ढाक्न मञ्चन गरिन्छयही एकदिने नाटक । यहाँ दोषीहरू माला लगाएर सम्मानित छन्र इमानदारहरू भोकको रोग लगाएर देशभक्त ।तर सुन, देश !शहीद मरेर सकिएका छैनन्हामी मौन बसेर सकिँदैछौँ । आजै प्रण गरौँअब शहीदलाई भित्तामा झुन्ड्याएरपूजा मात्र होइनछातीमा बोकेर प्रश्न गर्नेछौँ ।किनकि यहाँ मर्नु ठूलो कुरा होइनयहाँ जिउँदै सत्य हुनुसबैभन्दा ठूलो बलिदान हो !