जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा - farakdhar.com
Source: FRDH
जावलाखेल युवा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा अपि चर्च ब्वाइज युनाइटेडविरुद्ध ३–० गोलसहित जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो । जावलाखेलका लागि धर्वेन्द्र कुवँरले खेलको ४८औँ मिनेटमा खाता खोले । पेनाल्टी क्षेत्रबाट गरेको प्रहार चर्चका गोलकिपर दीप कार्कीले फुत्काएपछि गोल भएको थियो । विदेशी खेलाडी निकोलसले ८८औँ मिनेटमा अग्रता दोब्बर बनाए । इन्जुरी सम...