काँग्रेस बैठक केहीबेर स्थगित, राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो आजै लगाउने - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ । राष्ट्रिय सभामा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो । आज रातिअबेरसम्म बसेर भएपनि सो निर्वाचनको उम्मेदवारहरुको टुंगो लगाउने गरी केहीबेरका लागि बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ । राति अवेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’ नेपाली काँग्रेस एमालेलगायतका दलहरुसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ ।