Redirecting...

‘कृषिमा लगानीअनुसारको उपलब्धि छैन’ - ehimalayatimes.com

‘कृषिमा लगानीअनुसारको उपलब्धि छैन’ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा लगानीअनुसारको उपलब्धि हासिल हुन नसकेको बताउनुभएको छ । कृषिमा लगानी र परिणामबीचको खाडल घटाउन नीति, अनुसन्धान, बैंकिङ प्रणाली र बजार व्यवस्थापनलाई एउटै सूत्रमा बाँध्न आवश्यक रहेको उहाँको भनाइ थियो । अर्थशास्त्र समाजको १९औँ वार्षिक साधारणसभामा उहाँले कृषिमा हाल करिब छ खर्ब ८८ अर्ब रुपैयाँ लगानी भएको जानकारी गराउँदै ठूलो लगानीका बाबजुद पनि उत्पादन, उत्पादकत्व र किसानको आम्दानीमा अपेक्षित सुधार देखिन नसकेको बताउनुभयो । गभर्नर पौडेलले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाले कृषिमा निरन्तर कर्जा प्रवाह गरिरहेका छन् । हालसम्म ३१ हजार ४२ जनाले सहुलियतपूर्ण कर्जा पाइसकेका छन् । किसानलाई सहजरूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले १० लाख रुपैयाँसम्मको ऋणमा धितो नचाहिने नीति अपनाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट सिफारिस भएका किसानलाई समेत धितोबिना कर्जा उपलब्ध गराइँदै आएको छ ।’ गभर्नर पौडेलले कृषिमा हाल करिब छ खर्ब ८८ अर्ब रुपैयाँ लगानी भएको जानकारी गराउँदै ठूलो लगानीका बाबजुद पनि उत्पादन, उत्पादकत्व र किसानको आम्दानीमा अपेक्षित सुधार देखिन नसकेको बताउनुभएको हो । त्यस्तै, पाँच करोड रुपैयाँसम्मको कृषि कर्जा प्रोजेक्ट बेसमा प्रवाह गर्ने व्यवस्था गरिएको र दुग्ध उत्पादन, सुन्तला, कफीलगायतका कृषि व्यवसायका लागि कर्जा दिइँदै आएको र एक करोडसम्म ऋण लिन सक्ने व्यवस्थासमेत कार्यान्वयनमा आइसकेको उहाँको भनाइ थियो । कृषिमा लगानीको प्रभावकारी प्रतिफल नआउनुमा विभिन्न संरचनागत समस्या रहेको भन्दै गभर्नर अधिकारीले कृषिमा उत्पादनदेखि बजारीकरणसम्मका धेरै चरणहरू रहँदा एउटामा समस्या आए समग्र प्रणाली नै प्रभावित हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन गर्न सके पनि बजार, मूल्य, ढुवानी र जोखिम व्यवस्थापनमा समस्या देखिएका छन् । कृषि अनुसन्धान र व्यावहारिक कृषि अभ्यासबीच ठूलो खाडल छ । अनुसन्धान आवश्यकताअनुसार हुन हुन सकेको छैन भने वैदेशिक रोजगारीलाई मात्रै केन्द्रमा राखेर अनुसन्धान हुने प्रवृत्तिले कृषिमा नवप्रवर्तन कमजोर बनाइदिएको छ ।’ बैंकले कर्जा प्रवाहको वातावरण सिर्जना गरे पनि त्यसको प्रभावकारिता देखिन नसकेको भन्दै गभर्नर पौडेलले कृषिप्रति किसानको आकर्षण घट्दै गएको र ३५ जिल्लामा जनसंख्या नै घटेको तथ्यांक प्रस्तुत गर्नुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विदेश पलायन हुँदै गएको जनशक्तिले कृषि क्षेत्र कमजोर बनाइरहेको भन्दै राज्यले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताउनुभयो । युवालाई स्वदेशमै रोजगारी र सम्भावना देखाउने नीतिगत पहल नगरेसम्म कृषि क्षेत्रले अपेक्षित गति लिन नसक्ने उहाँको भनाइ थियो । ठूलो संख्यामा युवा विदेशिँदा खेतबारी बाँझो हुने, उत्पादन लागत बढ्ने र आत्मनिर्भर कृषि लक्ष्य कमजोर बन्दै गएकाले सरकारले अब विदेश पलायन रोक्नेमात्र नभई विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने खालका नीति, सेवासुविधा र संरचना विकासमा मन्त्री परियारले जोड दिनुभयो । कार्यक्रममा उठेका सबै सुझाव र विषयलाई ध्यानपूर्वक अध्ययन गरी आगामी दिनमा कृषिमात्र नभई समग्र उत्पादनशील क्षेत्र बलियो बनाउने खालका नीतिगत निर्णय गरिने उहाँको भनाइ थियो ।