Redirecting...

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै - www.palikalive.com

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै - www.palikalive.com
Source: plkl

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ । यही साउन १६ गतेदेखि सुरु स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा विषयमा स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम जारी छ । शनिबार १८ स्थायी कमिटी सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पक्षमा धारणा राखेका छन् । शुक्रबारबाट सुरू भएको बैठकमा प्रस्तुत सातवटा एजेण्डामाथि शनिबार २५ जना सदस्यहरूले धारणा राखेका हुन् । शनिबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेको एक सदस्यले बताए । शनिबार बोल्ने अधिकांश सदस्यहरूले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न र आत्मालोचित हुन सुझाव दिएको ती नेताको दाबी छ ।