निकुञ्ज सुरक्षासँगै सामाजिक कार्यमा पनि अग्रसर बन्दै संग्राम शार्दूल गुल्म - ekantipur.com
Source: kant
त्रिपुरासुन्दरी नगरपालिका-२ रसी गाउँ बस्ने २४ वर्षीया गर्भवती बिनाकुमारी बुढालाई तीन दिनअघि सुत्केरी व्यथाले च्याप्यो । गाउँमा भरपर्दो स्वास्थ्य चौकी नभएको र जतिसक्दो छिटो अस्पताल पुर्याउनु पर्ने भयो । रसी गाउँदेखि जिल्ला अस्पताल पुग्न दुई घण्टा पैदल हिँड्नु पर्छ ।