Redirecting...

ओलीले जाँचबुझ आयोगलाई दिए बयान - bishwokhabar.com

ओलीले जाँचबुझ आयोगलाई दिए बयान - bishwokhabar.com
Source: bsbk

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ। आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको थियो । तर ओलीले तत्कालै आयोगको टोलीलाई विभिन्न ६० वटा प्रश्नमा केन्द्रित रहेर गुण्डूमै लिखित बयान दिएर पठाएका हुन् । पत्र लिएर पुगेको टोलीसँग ओलीले ‘लिखित भनाइ’ दिएको उनको सचिवालयका एकजना सदस्यले बताए । जाँचबुझ आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले आइतबार गुण्डूमा पत्र पुगेको बताएका थिए । आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ। तर ओलीले सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिन अस्वीकार गरेका थिए ।