Redirecting...

कतारविरुद्ध नेपालको शतकीय सुरुवात, कुशल र दीपेन्द्र क्रिजमा - nagariknews.nagariknetwork.com

कतारविरुद्ध नेपालको शतकीय सुरुवात, कुशल र दीपेन्द्र क्रिजमा - nagariknews.nagariknetwork.com
Source: ngrk

कतारविरुद्धको जारी अभ्यास खेलमा नेपालले सय रन पूरा गरेको छ। नेपालले १५ ओभरमा तीन विकेट गुमाएर एक सय ३० रन बनायो। क्रिजमा अहिले कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी खेलिरहेका छन्। नेपालका ओपनर कुशल भुर्तेल ५६ रन बनाएर आउट भए। ३३ बलको सामना गरेका उनले तीन छक्का र ५ चौका समेत प्रहार गरे। नेपालका अर्को ओपनर आसिफ शेख ११, कप्तान रोहित ८ रन बनाएर आउट भए। नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो।