Redirecting...

एमाले महाधिवेशन : प्रतिनिधि कार्ड वितरण सुरु, समस्या भए संगठन विभागमा सम्पर्क राख्न आग्रह  - janatatimes.com

एमाले महाधिवेशन : प्रतिनिधि कार्ड वितरण सुरु, समस्या भए संगठन विभागमा सम्पर्क राख्न आग्रह  - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २६ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि सदस्यहरूको कार्ड वितरण सुरु गरिएको छ। सबै प्रतिनिधि कार्ड तयार भइसकेको र सम्बन्धित प्रदेश कमिटीका अध्यक्ष वा सचिव मार्फत बुझाउने प्रक्रिया जारी रहेको केन्द्रीय संगठन विभागले जानकारी दिएको छ। संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार प्रतिनिधिहरूले आफ्नो प्रदेश नेतृत्वसँग सम्पर्क गरी कार्ड प्राप्त गर्न सक्नेछन्। वितरण हुन बाँकी कार्ड समेत आजै उपलब्ध गराइने बताइएको छ। ढुंगेलले सबै प्रतिनिधिहरूको विवरण ‘अनलाइन अपडेट’ भइसकेको जानकारी दिँदै ‘सूर्य एप्स’मा डिजिटल कार्ड पुगेकोले जाँच गर्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘कृपया सूर्य एप्स खोल्नुहोस्, यहाँहरूको डिजिटल प्रतिनिधि कार्ड उपलब्ध भइसकेको छ, कुनै समस्या आएमा तुरुन्त सम्पर्क गरिदिनुहोला।’ प्रतिनिधिहरूका लागि आवश्यक डोरी र ब्याग कार्यालयबाट उपलब्ध गराइने पनि संगठन विभागले जनाएको छ।