Redirecting...

कविता : विगुल जिन्दगी - sahityapost.com

कविता : विगुल जिन्दगी - sahityapost.com
Source: shpt

धेरै अघि होमैले पहिलोपल्ट विगुलको आवाज सुनेको ।त्यस दिन म निकै तरङ्गित भएको थिएँसायद त्यो आवाज मेरै छातीभित्रबाट उठिरहेको थियो । त्यो रिवालीको हुङ्कार थियोत्यसपछि आजसम्म लाखौँ पाइला चालिए होलान्तीमध्ये सबैभन्दा गह्रौँ पाइला त्यही थियोजहाँ आमाको आँखामा बहिरहेकाआँसुको उपेक्षा गर्दै कठोर तपस्यातर्फपहिलोपटक पाइला सारेको थिएँ । त्यसपछि मैले धेरैपटक विगुल सुनेँउठाउने, सुताउने, रुवाउने र हँसाउने ।तर सबैको ध्वनि एउटै थियोसन्देश भने अनेक। तालिमका बिहानी पसिनाले लेखिन्थेदिनहरू ज्ञानका किताबले ।अनुशासन, संस्कार र फौजी लवजलेजीवनको रङ बिस्तारै बदलिँदै गयो । जब म वर्दी लगाउँथेँमलाई केवल कपडा फेरेको अनुभूति हुँदैनथ्यो ।घरको आँगन, आमाको काख, परिवारको सहजतार प्रियसीको साथसबैलाई एक कुनामा थन्क्याउँदैकर्तव्यमा कठोर र सेवामा दृढ बन्दैगएको अनुभूति हुन्थ्यो । फगत एउटा अपेक्षा थियोएक थान ज्यान नागरिक सेवामा समर्पित गर्ने ! त्यो निर्णय केवल पदको थिएननागरिक सुरक्षाका लागि बलिदानर सेवाको उत्कट अभिलाषाले भरिएकोएक सफेद आत्माको चाहना थियो । यसैलाई कर्तव्य ठानी बोक्दै हिँडेँपल, घण्टा, दिन, महिना र वर्ष गर्दै ।एउटै दैनिकी पछ्याउँदै गर्दाकरिब दुई दशक बिते । चाहना आज पनि उस्तै छसेवा निरन्तर छ, दैनिकी व्यस्त छ ।फरक यति हो— त्यसबेलाको व्यस्तताअभ्यासमा केन्द्रित थियोआजको व्यस्तता त्यागमा समर्पित छ । सेवाका वर्षहरू थपिँदै जाँदा शरीरमा धेरै परिवर्तन आएतर नागरिक सेवाप्रतिको लगावमा कहिल्यै कमी आएन ।न्याय नपाएका आँखाहरू अगाडि आउँदाएक्लोपनले दिशा बदल्थ्योतिनका खुसी र सन्तुष्टिमा रमाउँदा पत्तै नपाईथकानले कोसौँ पार गरिसकेको हुन्थ्यो । न्याय खोज्दै आएका निःसहायका ओठ मुस्कानले भरिँदाअनि आँखा सन्तुष्टिले चम्किँदामनमनै धन्यवाद दिएको अनुभूति हुन्थ्यो ।सायद सेवाको गर्व यही होजो अरू कसैले कहिल्यै पाउँदैन । हो, त्यही क्षण मन पुलकित हुन्छर विगतका सबै त्याग मूल्यवान् लाग्छन् । रिट्रीट को धुनमा अस्ताउने सूर्यजस्तैमेरो जीवनमा पनि धेरैपटक मौनता अस्तायो ।आखिर कसैको उज्यालो जोगाउनअर्कोको साँझ त गुम्नु नै पर्ने रहेछ । आज पनि विगुलले अमरत्वका कथा मात्रसुनाइरहँदा मेरो मनले प्रश्न गर्छके हामीले सधैँ वीरताको गाथा मात्र सुन्ने हो ? ती सपूत जन्माउने अभिभावकको त्याग र पीडा कसले सुनाउने ?उसकै बलिदानले बैँसमै विधवा बनेकीश्रीमतीको बाँकी जीवनको कथा कहिले सुनाउने ?अनि नाबालकमै बाबु–आमा गुमाएकासन्तानका मौन दुःखहरू कसले, कहिले बुझिदिने ? सायद ती सपूतहरूको पुनर्जन्म हुने हो भनेर फेरि पनि यसैगरी विगुल बज्ने हो भनेउनीहरू जुरुक्क उठ्ने थिएजसरी उनीहरू ढले । तर यसपटक,उनीहरूले विगुल समाएर वीरताको होइनआफ्ना परिवारका पीडा र व्यथा सुनाउने थिएजो आजसम्म अरू कसैले कहिल्यै सुनेका छैनन्सुनाएका छैनन् ।