Redirecting...

महाधिवेशन : प्रतिनिधि छनोटको विषयलाई लिएर एमाले कार्यालयमा धकेलाधकेल - bishwokhabar.com

महाधिवेशन : प्रतिनिधि छनोटको विषयलाई लिएर एमाले कार्यालयमा धकेलाधकेल - bishwokhabar.com
Source: bsbk

काठमाडौं– प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ । शुक्रबार एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए । त्यसक्रममा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच र धकेलाधकेल भएको हो । एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा, धनकुटा, दाङ लगायतमा पनि विवाद भएको छ ।