Redirecting...

कविता : भकुण्डो, भानु, पृथ्वी र गोल ! - sahityapost.com

कविता : भकुण्डो, भानु, पृथ्वी र गोल ! - sahityapost.com
Source: shpt

आफ्नै खेल मैदानमा खेल्नको लागिस्रष्टाले तुनेको भकुण्डोभित्रशब्दतत्व र हिमाली हावाफुसफुसाइरहेको देखेनौ कि ? भानुशक्तिको अवतरणसँगैपृथ्वीको मौलिक साहसलेहाम्रो जन्मभूमिलाईटिमिक्क मिलेको देखेनौ कि ? ए कोचर दाजु !साहसिक गोलले हाम्रो खुसी चुम्दाएक अम्खरा पानीले गला भिजाउँदैखण्डहरको अखण्ड जोडाइभएको मेरो देशको नक्सा । मेरै लुजिन्की रङ्गशालाभित्रहाम्रो पृथ्वी गर्जँदैलुका मोड्रिचको गोल ! गोल !!हाम्रा भानुले गाएको अलकापुरीअहिलेसम्म सुनिएकै छ त ! मेरो छातीभित्र लुकेको कप्तान लुकार मेरा भानु उस्तै गरी सुसाइरहेछन्रगत, पसिना र श्रम सुन्दरताबीचहाम्रा कप्तान पृथ्वी गर्जिएकै छन् त ! पाँच पटकका ब्यालोन डी’ओर विजेतारोनाल्डोको सन्नाटाबीचमारियो इभानको सपना तुनेरपाखामा भानु भाखा गुन्जिएकै छ त ! अन्तिम सोह्रको ट्राइब्रेकर,ह्यारी केनको पसिना विजय,ट्रिपियरको गति, मन्जुकिचको आवाजपृथ्वीको एक हुङ्कारले हल्लिएकै छ त ! भानु भजनसँगै विजयभोज गर्दैआकाश ब्युँझेका ती गोधूलि साँझहरूहिमालमा छरिएको पहेँलो प्रकाशकसरी बिर्सन सक्छन् होला मान्छेले ? गायत्री माला हातमा लिएर मञ्जु मन्त्रर भक्ति भजन मधुर स्वरमाआमाले छोरीलाई सम्झाउँदै बिदाइ गरेकाआशिष् श्लोकहरू क्षणभरमै कसरी फर्किन्छन्आफ्नै कानमा ? उपहासको शब्दलतामेरा फुटबलका गोलकिपर एन्टोनी र एम्बाप्पेतीन तीन गोलको मेरो इतिहासआहा ! उत्सवमय हाम्रो इतिहास !!! सम्झने मात्र प्रयत्न गर,बिर्सने तिमीलाई रहर हुने छैनमेरा शब्द र भीर पाखा बटुलेकासामर्थ्यको बारुदी सुरुङभित्रबुद्धको करुण ज्योति। आफ्नै साहसले इतिहास छिमलेकाभूमिपुत्रहरूको मन्त्रणा मात्र गरआर्सेन र ल्युडमिलालाई हाम्रा गोलहरूलेक्षतविक्षत हुन दिने छैनरोनाल्डो र मेस्सीको हारलेमेरो देशको हार हुने छैन । अपराजित स्यामुअलको गोल साहसलेटाकुरा छुँदै पुनः पुनः गोलपोस्ट चुमिरहोस् ! सपनाको झरी यी आँखाभरिएम्बाप्पे आशामाडडियस र म्यानुअल म्याक्रो बनेरकोलिन्डाको नाचसँगै भानु आत्मा ब्युँझिरहोस् ! कजान हुत्तिनुमा जर्मनीको के दोष ?अर्जेन्टिना र ब्राजिलकरियरको हिलोभित्र फक्रिएको कमल ! सजगताको परिहासअचेत र मदहोसले निष्ठा अलापिनु हुन्न ! सब बकवास ! कल्पना !!भोको आशालाई दोष नदेऊसम्भावनालाई फर्केर नथुककिनकि अब कोलिनको केवलदुई प्रहारमा निराश मेस्सीहरू ब्युँझिनुपर्छ ! साहसका टुक्राटाक्रीहरूलाईभानु कान्तिले जोड्दै आफ्नै धरामामोती खोज्न हिँड्नुपर्छसुशासन र समृद्धिको अन्तिम गोललेभोका खेलाडीहरू बौरिनुपर्छ । कजानको निराश बसाइलुजिन्कीको निर्णयले विजयको गीत गाइरहनेछ। खेलको कुरा न हो !हार–जित हुन्छहुन्छ तर मनभित्र खेल हारिँदैनमैदानमा हारिन्छ! आशा मर्दैनपुनः खेलिन्छमनोदशा गिर्न दिनु हुँदैनसपनालाई मर्न दिनु हुँदैन ! भनिन्छ भावनाको समायोजन हुँदैन भनेबाँझा समस्या किन जन्माउनु ?भ्रमणले रतिराग मिल्दैन भने त्यहाँछुट्टीका दिन किन मनाउन जानु ? सत्य वचन, सपनाले आकाश चुमे पनिगोलहरू अझै बाँकी छन् । विभत्स रगतले भरिएकोजीर्ण निराशाले थलिएको मनभित्रको आहतराहत र तृप्तिको लागि विकल्प छैन जोगाउनुको ! मूर्छित आशाभित्रको रुँदै गरेको मेरो वर्तमाननिर्णयलाई पर्खंदै भविष्यलाई निहारिरहेछ । भानु र पृथ्वीजस्ता महारथीधर्तीमा सिंहझैँ गर्जँदैलयबद्ध इतिहासमा ‘नगर न ढिला’आशयमा भविष्यलाई बोलाइरहेछन् । सुन्यौ ? कसैलाई कजान नफापेर के भो त ?सपना बतासिँदैमा एम्बाप्पेको चोटपुनः जाग्नेछ धर्तीमा ! ब्राजिलको अँधेरी रातजर्मनीको कोलाहलतिखारिएको चेतनानिराश हुँदैन पटक पटक ! ब्युँझिने छन् मेरा खेलाडीउज्यालिनेछ मेरो पुस्तासिँगारिनेछ मेरो भाषाखारिनेछ मेरो देश ! सम्पन्नता, समानता र स्वतन्त्रतातीन गोलले पोस्ट चुम्नेछअनि रङ्गिनेछ मेरो कविताको इन्द्रेणी । पुनः भन्छु मित्रथाइल्यान्डको गुफामा निसास्सिएका बालकहरूझैँहजारौँ वर्ष जेलमा बिताएकाहाम्रा शब्दरूपी बालखेलाडीहरूतातेका छन् खेलाडीजस्तै ! र उनीहरूको साहित्य–सौन्दर्यलाईभानुले छरेको बीजमागोताखोरले झैँ जीवन खोजिरहेछन् ! मोतीको अभिलेख बस !भन्नु केही छैन अबएकपटक गमइतिहासको मजाक नगर ! केवल सम्झिदेऊअन्तर्मनको विश्वकपमाआनन्दै आनन्दको विजय जुलुसमामनैमन नारा लगाउनेछौअमर भानु कथा जीवनभरि गाउनेछौ। डिल्ली अम्माइ