बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुग्यो, कहाँ कति ? - www.sutranews.com
काठमाडौं । दुई दिनको बाढीपहिरोसहित विपदबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । सशस्त्र प्रहरी बलले आइतबार दिउँसो साढे १ बजेसम्मको दिएको विवरणअनुसार बाढीपहिरो, चट्याङ, सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको हो । साथै ७ जना बेपत्ता भएका छन् भने २० घाइते भएका छन् ।गत शुक्रबार र शनिबारको लगातारको वर्षापछि आएको बाढीपहिरोसहित विपद्बाट सो हताहती भएको छ । सबैभन्दा धेरै इलाममा बाढीपहिरोबाट ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ र रौतहटमा ३ जनाले ज्यान गुमाएका छन् । यस्तै इलाममा १ जना बेपत्ता र ७ जना घाइते भएका छन् । उदयपुरका २ जना बेपत्ता र १ जना घाइते भएका छन् । खोटङमा १ जना बेपत्ता हुँदा ३ जना घाइते भएका छन् भने भोजपुरमा २ जना घाइते भएका छन् । पाँचथरमा ६ र मकवानपुरमा १ जना घाइते हुँदा बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता भएका छन् ।