Redirecting...

प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतद्वारा एमाले केन्द्रीय सदस्यमा मनोनयन दर्ता  - janatatimes.com

प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतद्वारा एमाले केन्द्रीय सदस्यमा मनोनयन दर्ता  - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २९ । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले एमाले केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गर्नु भएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य (खुल्ला) तर्फ उम्मेदवारी दिएको बस्नेतले बताउनुभयो । प्रेस चौतारी नेपालको १० वर्ष अध्यक्षको रूपमा काम गर्नुभएका बस्नेत पार्टी सदस्य भएको ३० वर्ष भन्दा लामो समय बितिसकेको छ । पार्टी र पार्टी नेतृत्व माथि चौतर्फी हमला भइरहेको अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रबाट मात्र त्यसको प्रतिकार गर्न नसकिने भएकोले पार्टीको राजनीतिमा प्रवेश गर्न लागेको उहाँले बताउनुभयो । पार्टी केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसक्नु भएका बस्नेत पार्टी भित्र आइपर्ने चुनौती र समस्याको प्रतिवादका लागि मैदानमा नै उत्रिनु पर्छ भनेर आफूले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएको उहाँले स्पष्ट पार्नुभयो । ‘आजसम्म मैले पार्टी र पार्टी नेतृत्वको पक्षमा मैले निर्वाह गरेको भूमिका यहाँहरूलाई सही लाग्छ भने मलाई एक मत दिन अनुरोध गर्दछु’, उहाँले भन्नुभयो । आफ्नो उम्मेदवारी प्रेस चौतारी नेपालको संस्थागत निर्णय भएको पनि उहाँले दाबी गर्नुभयो । नेकपा एमालेलाई पराजित गर्नेहरूलाई परास्त गर्ने अभियानमा साथ दिन र आक्रामक प्रचार नीति बनाउनको लागि पनि आफू पार्टी राजनीतिमा प्रवेश गर्ने लागेको बताउँदै उहाँले साथ र सहयोगका लागि प्रतिनिधिहरूलाई अपिल गर्नुभयो ।