Redirecting...

नइ एकेडेमीले चैतमा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने - sahityapost.com

नइ एकेडेमीले चैतमा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने - sahityapost.com
Source: shpt

काठमाडौँ। नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ। तीनदिने सम्मेलनमा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली भाषा–साहित्यको विद्यावारिधि तहसम्म पठनपाठन र अनुसन्धान हुने संस्थाबाट छनोट गरिएका २८ जना प्राज्ञ प्राध्यापकहरूले आ–आफ्ना शैक्षिक तथा अनुसन्धानात्मक दस्तावेज प्रस्तुत गर्नुहुनेछ । समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा आयोजना हुन लागेको यस सम्मेलनलाई दुवै देशबीचको भाषा, साहित्य र शैक्षिक सहकार्य सुदृढ गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ। सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी रहनुभएको छ भने प्रा. केशव सुवेदी सल्लाहकारका रूपमा संलग्न रहनुभएको छ। नइ एकेडेमीका अनुसार सम्मेलनले नेपाल–भारतबीचको साझा भाषिक–साहित्यिक परम्परा, विश्वविद्यालयस्तरीय अध्ययन–अनुसन्धान तथा प्राज्ञिक संवादलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।