१७ वर्षीय रौनक खनालको ईकमर्स कम्पनी ‘टी पसल’ ले पायो मागेभन्दा दोब्बर लगानी - techpana.com
Source: tcpn
काठमाडौँ । शार्क ट्याङ्क नेपालको पछिल्लो एपिसोडमा १७ वर्षीय रौनक खनालले आफ्नो अनलाइन बिजनेस प्लेटफर्म ‘टी पसल’को लागि माग गरेभन्दा दोब्बर लगानी पाएका छन् । जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा कक्षा १२ मा अध्ययनरत रौनकले कम्पनीलाई एक करोड रुपैयाँ मूल्याङ्कन गर्दै २५ प्रतिशतमा २५ लाख रुपैयाँ माग गरेका थिए । कम्पनीलाई विश्वबजारको ‘फास्ट-फेसन’ मा क्रियटिभ प्लेटफर्मको रूपमा स्थापित गर्न भन्दै उनले उक्त रकम शार्कसँग माग गरेका थिए । उनको अफरलाई तत्काल स्वीकार गर्दै शार्क क्याबिनेट श्रेष्ठले २५ प्रतिशत इक्विटीमा २५ ...