Redirecting...

इन्द्रबहादुरले लिए मुख्यमन्त्रीको शपथ, को-को बने मन्त्री ? (सूचीसहित) - nagariknews.nagariknetwork.com

इन्द्रबहादुरले लिए मुख्यमन्त्रीको शपथ, को-को बने मन्त्री ? (सूचीसहित) - nagariknews.nagariknetwork.com
Source: ngrk

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथ लिएलगत्तै नवनियुक्त बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।नवनियुक्त सबै मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।को-को बने मन्त्री ?मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला, आन्तरिक मामिला, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन्।नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन यसप्रकार छ:मन्त्रीको नामजिम्मेवारी (मन्त्रालय)मधुसुदन पौडेलकृषि तथा पशुपन्छी विकास मन्त्रालयशिवराज अधिकारीबिनाविभागीयकिरण 'थापामगर'स्वास्थ्य मन्त्रालयकृष्णकुमार तामाङखानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयजयराम थापाश्रम, रोजगार तथा यातायात मन्त्रालयडा. दिनेशचन्द्र देवकोटाभौतिक पूर्वाधार विकास मन्त्रालयबिन्दु श्रेष्ठउद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयभरतबहादुर के.सी.वन तथा वातावरण मन्त्रालय