कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै - www.onlinepana.com
Source: onpa
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गर्न बैठक बोलाएको छ । कक्षा १२ को नतिजा प्रकाशन गर्न आज (साेमबार) साँझ ५ बजे बोर्डको बैठक बस्न लागेको हो । बोर्ड स्रोतका अनुसार हिजो –आइतबार) डेमो गरिएको थियो । ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । The post कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).