Redirecting...

एमाले रामेछापको आक्रामक चुनावी प्रचार अभियान, एकढिक्का भएर मतदातासम्म पुग्ने  - janatatimes.com

एमाले रामेछापको आक्रामक चुनावी प्रचार अभियान, एकढिक्का भएर मतदातासम्म पुग्ने  - janatatimes.com
Source: jant

रामेछाप, माघ ११ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले रामेछापले चुनावी प्रचार अभियान सुरु गरेको छ । शनिबार काठमाडौंमा सम्पर्कमञ्चको कार्यक्रम सकेर पार्टीले आइतबारबाट गाउँ केन्द्रित अभियान सुरु गरेको छ । सम्पर्कमञ्चको कार्यक्रम सकेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव ढुङ्गेलले आइतबार जिल्लाको गोकुलगंगा गाउँपालिका पार्टी कमिटीको विस्तारित बैठकमा सहभागिता जनाउनु भएको छ । गाउँपालिका कमिटी अध्यक्ष सचिन कार्कीको अध्यक्षतामा भएको बैठकमा प्रदेशदेखि जिल्ला, पालिका र वडासम्मका नेताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका पार्टी केन्द्रीय कमिटी सदस्य माधव ढुङ्गेलले आफू राम्रो नीति बनाउनको लागि संसदमा जान चाहेको बताउनुभयो । उहाँले नागरिकको समस्यामा आफू हिजो पनि साथमा रहेको र फेरि पनि साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनु पार्टीको अहिलेको एक मात्र एजेण्डा भएको बताउनुभयो । यसको लागि पार्टी केन्द्रदेखि टोलसम्मका कमिटी र नेताहरू परिचालित हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेकपामा एमालेका नेताहरू शान्तिप्रसाद पौडेल, अर्जुन कार्की, खड्ग सुनुवार लगायतका नेताहरूले पार्टीलाई जिताउन सिङ्गो पार्टी लाग्नु पर्नेमा जोड दिनुभएको थियो । जिल्लाले राम्रो उम्मेदवार पाएको बताउँदै पार्टी जिल्ला कमिटी सदस्य हेमकुमारी तामाङले पार्टी एक भएर लाग्दा सहजै चुनाव जित्न सकिने बताउनुभयो । अन्य वडा कमिटीका इन्चार्जहरूले पनि वडाको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरूले यस पटक अवस्था सकारात्मक रहेको भन्दै यसलाई सदुपयाेग गर्न सक्नु पर्ने बताउनुभयो ।यसै गरी जिल्लाको खाँडादेवी गाउँपालिका कमिटीको पनि चुनाव केन्द्रित बैठक सम्पन्न भएको छ । पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका ढुङ्गेललेको गृह पालिका समेत रहेको खाँडादेवीले पनि मतदाताको घरघरसम्म पुग्ने योजना बनाएको छ । पार्टीको पालिका कमिटी अध्यक्ष मोतीलाल तामाङको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका, वडा र टोल कमिटीसम्मका नेताहरूको सहभागिता थियो । वाग्मती प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य घनश्याम सार्की, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, नेताहरू केशर बुढाथोकी, इन्द्रबहादुर तामाङ, प्रदेश सल्लाहकार केशव प्रधान तथा ध्यान बहादुर तामाङ लगायतले चुनावी योजनाको बारेमा धारणा राख्नु भएको थियो । एमाले रामेछापले चुनाव केन्द्रित बैठक, भेला र भेटघाट कार्यक्रमको तालिका नै तयार गरेको छ । पार्टीले माघ ११ देखि फागनु १८ गतेसम्मको कार्यक्रमको तालिका नै बनाए पार्टीका तल्ला कमिटीसम्म परिचालनको लागि निर्देशन दिएको छ । ६४ वटा वडा रहेको रामेछाप जिल्लाका सबै वडा र टोलसम्म पुग्ने गरी पार्टीले तालिका बनाएको छ ।