Redirecting...

अर्थ मन्त्रालयले भन्यो- स्रोत नखुलेको पैसा भेटिएकोबारे अनुसन्धान भइरहेको छ - www.pardafas.com

अर्थ मन्त्रालयले भन्यो- स्रोत नखुलेको पैसा भेटिएकोबारे अनुसन्धान भइरहेको छ - www.pardafas.com
Source: pfds

स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको अर्थ मन्त्रालयले बताएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरू बाहिरिएका थिए । त्यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले नागरिकहरूलाई सम्भव भएसम्म जुनसुकै कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न भनेको छ । यो अवस्थामा मन्त्रालयले देहाय बमोजिमका काम नगर्न सचेत गराएको छ । (क) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैया वा सो भन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार गर्दा बैङ्किग उपकरण मार्फत गर्नु पर्ने। तर, करसम्बन्धी प्रचलित कानुनले सीमा तोकेकोमा सोही बमोजिम हुने। (ख) नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबर सम्म) भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको। (ग) नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर एक हजार पाँच सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको। उल्लिखित कानुनी व्यवस्था बाहेक स्रोत नखुलेको नगद कहीँकतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको समेत मन्त्रालयले जनाएको छ ।