को हुन् त राष्ट्रिय सभामा निर्वाचित जुम्लाका ललितजंग शाही ? - ekantipur.com
Source: kant
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही राष्ट्रियसभा सदस्यमा निर्वाचन भएका छन् । चन्दननाथ नगरपालिका–५ मा स्थायी घर भएका शाही २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा जुम्ला १ (१) बाट पराजित बनेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भए पनि उनले आफ्नै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीबाट पराजय खेप्नु परेको थियो ।