Redirecting...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ - www.nepaliheadline.com

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- झापा भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिशाल माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ बेलबारी नगरपालिका-१ गुम्बा चोक बस्ने ३२ वर्षीय विज्ञान राईलाई अवैध लागूऔषध गाँजा १ सय ८० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र डिक्लो स्पास प्लस ४ सय ७० ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । धनकुटा धनकुटा नगरपालिका-६ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गोठगाउँ बस्ने तिलक भुजेल र मौसम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनुषा विदेह नगरपालिका-१ रेल्वे पट्रीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कमला नगरपालिका-८ टेर्हा टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर गोदावरी नगरपालिका-२ मानडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५० ट्याब्लेट, अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम र नगद २० हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगांगा गाउँपालिका-६ फर्पु घर भएका २७ वर्षीय रमेश राई, ललितपुर गोदावरी नगरपालिका-९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सैगात कार्की रहेका छन् । प्रहरी प्रभाग गोदावरी र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ७ सय ६० मिलिग्राम सहित मनहरी गाउँपालिका-९ बस्ने ३६ वर्षीया अनिता श्रेष्ठलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३-००१ ज ९९८ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय अशोक तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०८३७ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका कालागाउँ बस्ने ३९ वर्षीय डिल्ली नारायण गौतमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाउँदेखि नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २७ वर्षीय धनि राम रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको संयुक्त टोलीले रानाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ सिसैया बस्ने २७ वर्षीय बिबेक चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर कृष्णपुर नगरपालिका-.९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २० वर्षीय समिर राना समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।