Redirecting...

उपसभामुखको प्रश्न: सरकारले लोकप्रिय हुन खर्च कटौती गर्‍यो, भ्रष्टाचार चाहिँ कहाँ घट्यो ? - nagariknews.nagariknetwork.com

उपसभामुखको प्रश्न: सरकारले लोकप्रिय हुन खर्च कटौती गर्‍यो, भ्रष्टाचार चाहिँ कहाँ घट्यो ? - nagariknews.nagariknetwork.com
Source: ngrk

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने बहानामा संघीय संसद सचिवालयको बजेट अनुचित ढंगले कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।आइतबार १८औँ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले खर्च कटौतीले मात्र देश नबन्ने टिप्पणी गरिन्।उनले सरकारले लोकप्रियताका लागि आवश्यक ठाउँमा बजेट रोकेको तर भ्रष्टाचार र चुहावट नियन्त्रणमा भने ध्यान नदिएको आरोप लगाइन्।उपसभामुख रानाले बजेट कटौती गर्ने भन्दा पनि भ्रष्टाचार हुने ठाउँहरू बन्द गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘खर्च कटौती गरेर देश बन्दैन। कहाँ भ्रष्टाचार भएको छ, त्यहाँ कटौती गर्ने हो। जहाँ चुहावट छ, त्यसलाई बन्द गर्ने हो। चुहिरहेको ठाउँमा सिमेन्ट लगाएर टाल्नुपर्छ। जहाँ काम भइरहेको छ, त्यहीँ काम रोक्यो भने देश कसरी बन्छ ?’संसद सचिवालयका कर्मचारीहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनमा सरकारले कञ्जुस्याइँ गरेको उनको गुनासो थियो। कर्मचारीलाई तालिम र सेमिनारमा रोक लगाइएको भन्दै उनले आपत्ति जनाइन्।‘संसदमा काम गर्ने कर्मचारीहरूलाई सक्रिय गराउनुपर्‍यो, तालिम दिनुपर्‍यो,’ उनले भनिन्, ‘अहिले त सुन्छु– होटलमा सेमिनार गर्न नपाउने रे, यो गर्न नपाउने रे। खर्च घटाएर पैसा बचाएर मात्र हुँदैन।’सरकारले लोकप्रिय देखिनका लागि ‘हचुवा’ को भरमा खर्च कटौतीको निर्णय गरेको उनको भनाइ थियो।