Redirecting...

याङ्गो राइडद्वारा नेपालमा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक - kendrabindu.com

याङ्गो राइडद्वारा नेपालमा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक - kendrabindu.com
Source: kend

काठमाडाैं । विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ । यस अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरू समावेश गरेर यात्रुहरूलाई यात्राको बेला लागू भएका सुरक्षाका उपायहरूको वर्तमान अवस्था हेर्ने सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्राका दौरान पालन गर्न सक्ने सुरक्षा सुझावहरूसहितको नयाँ ‘सेफ्टी सेन्टर’ पनि समावेश गरिएको कम्पनीको भनाइ छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार नयाँ ‘सेफ्टी सेन्टरमा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची पाउन सकिन्छ । यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क (ट्रस्टेड कम्ट्याक्ट) थप्नु, सेल्फी प्रमाणीकरण गर्नु वा इमेल अद्यावधिक गर्नुजस्ता चरणहरू समावेश छन् । यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ । यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा लिन सकिनेछ । मुख्य स्क्रिनमा आपत्कालीन अवस्थाका लागि सधैँ एसओएस सिग्नल र सपोर्टका लागि क्विक एक्सिस बटनहरू उपलब्ध हुन्छन् । पार्टनर चालकहरूले आफ्नो चालक अनुमतिपत्र (दुवैतर्फ) का फोटो र अनुमतिपत्र समातेको सेल्फी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ । सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्छ । यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन पाउँदैनन् । त्यस्तै, याङ्गो राइडले जीपीएस प्रयोग गरी चालकको मार्ग र गति ट्रयाक गर्छ । उक्त गति मार्ग निर्माणका लागि प्रयोग गरिएको नेभिगेटरका आधारमा सो सडकमा अनुमति दिइएको अधिकतम गतिसँग तुलना गरिन्छ । त्यस्तै, यस एपमा रहेका ड्राइभिङ व्यवहार निगरानी प्रणालीले चालकलाई सुरक्षित रूपमा ड्राइभ गर्न सहयोग गर्छ । यसले चालकको स्मार्टफोनमा रहेको एक्सेलेरोमिटर र जाइरोस्कोपका डेटा विश्लेषण गरी अचानक तीव एक्सेलिरेसन, डिसेलेरेसन वा अनियन्त्रित मोडजस्ता जोखिमपूर्ण गतिविधि पत्ता लगाउँछ । प्रत्येक असुरक्षित ड्राइभिङका घटनापछि चालकलाई सावधानीपूर्वक चलाउन चेतावनी पठाइन्छ । चेतावनीहरू बेवास्ता गरेमा सेवामा पहुँच सीमित गर्न सकिन्छ । याङ्गो राइडको मुख्य प्राथमिकताः सुरक्षा नै रहेको कम्पनीले जनाएको छ । त्यसैले याङ्गो राइड सेवामा यात्रु र पार्टनर चालक दुवैका लागि यात्राअघि, यात्रा दौरान र यात्रापछि प्रयोग गर्न मिल्ने ३० भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध रहेको कम्पनीको भनाइ छ ।