Redirecting...

टेलिकमद्वारा एसएमएस प्रदायकको ध्यानाकर्षण - ehimalayatimes.com

टेलिकमद्वारा एसएमएस प्रदायकको ध्यानाकर्षण - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल टेलिकमका भिएएस(भ्यालु एडेड सर्भिसेज) सेवा प्रणालीमा आबद्ध भई एसएमएसमा आधारित भिएएस सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसायभन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा समेत प्रवाह गरिरहेको र सो सम्बन्धमा सेवाग्राहीको गुनासोसमेत प्राप्त भएको जनाएको छ । नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवद्र्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरूलाई स्वीकृति दिने गरेको छ । तर, नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन । सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पु¥याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको कम्पनीले जनाएको छ । आगामी दिनमा समेत त्यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरूलाई ध्यानाकर्षण गराइएको कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।