Redirecting...

अधिकृत पदबाट राजीनामा दिएर एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी! - nagariknews.nagariknetwork.com

अधिकृत पदबाट राजीनामा दिएर एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी! - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा (एमाल) निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष, तथा आधिकारिक ट्रेड युनियनका पूर्वकार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाबाट राजीनामा गरी एमालेको ११औ महाविधेशनको केन्द्रीय सदस्य पदमा उम्मेदावरी दिने घोषणा गरेका छन । उनले दुई दिनअघि सरकारी सेवाबाट राजीनामा दिएका थिए । राजीनामा गर्नुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत थिए । सरकारी सेवाबाट अवकाश पाउन चार वर्ष र उपसचिवमा बढुवा हुन एक वर्ष अवधि बाँकी रहेका बेला उनले सरकारी सेवाबाट राजीनामा दिएका थिए । श्रमिक खुला समूहबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । अब पूरै समय पार्टी राजनीतिमा लाग्ने उनले घोषणा गरेका छन् ।