Redirecting...

प्रतिस्पर्धी खेलमा नेपाल इङ्ग्ल्यान्डसँग चार रनले पराजित - www.bbc.com

प्रतिस्पर्धी खेलमा नेपाल इङ्ग्ल्यान्डसँग चार रनले पराजित - www.bbc.com
Source: bbcn

Reuters लामो समयको प्रतीक्षा पछि 'वाङ्खेडे ड्रिम' पूरा गरेको खेलमा नेपाली क्रिकेट टोली इङ्ग्ल्यान्डसँग ४रनले पराजित भएको छ।वाङ्खेडे रङ्गशालालाई घरेलु मैदानको भाव दिने गरी उपस्थित नेपाली दर्शक सामु टी-२० विश्वकप २०२६ को पहिलो खेल खेलिरहेको नेपालले सुरुमा बलिङ मार्फत केही लोभलाग्दो विकेट लिएको थियो। तर त्यो दुई पटकका विश्व च्याम्पियन इङ्ग्ल्यान्डसामु जीतका लागि त्यो पर्याप्त हुन सकेन।ब्याटिङमा नेपालको प्रदर्शन ठिकठाक मात्र रह्यो। केही मिठा बाउन्ड्रीको आकर्षणले दर्शकलाई मज्जाले झुमायो।इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्न आएको नेपाल १८०रनमा पुगेर रोकिन पुग्यो। टी२० विश्वकपमा नेपाल सुपर ८ मा पुग्ने प्रशंसकहरूको आशापछाडिका कारण विश्वकप क्रिकेट पछ्याउँदै मुम्बईको माहौलमा रातो-नीलो जर्सी मैदानमा नेपाल कुनै पनि बेला असमान प्रतिद्वन्द्वी जस्तो देखिएन।कुशल भुर्तेलले जोफ्रा आर्चरको पहिलो ओभरमा नै ३ चौका प्रहार गरे। रोहित पौडेलको छक्काले खेलमा थप रोमाञ्च थपिएको थियो।दीपेन्द्रसिंह ऐरी नेपालका लागि महत्त्वपूर्ण ४४ रन जोडे। यो रन सँगै उनी टी-२० मा २,००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। तर दुई ओभरकोबीचमा यी दुई खेलाडी आउट भएपछि खेलले अर्के मोड लिन पुग्यो। दीपेन्द्र १५ औँ र रोहित १६ औँ ओभरमा आउट भएका थिए।रोहितले ३४ बलमा ३९ रन बनाएका थिए।त्यसपछि लोकेश बम र आरिफ शेखले वातावरण बनाए। लोकेशले १८ औँ ओभरमा ३ छक्का ठोकेपछि खेल रोमाञ्चक बन्यो। इङ्ग्ल्यान्डबाट ज्याकब बेथलका केही लोभलाग्दा बाउन्ड्री सहितको ५५ रन र उनले कप्तान ह्यारी ब्रुकसँग मिलेर बनाएको ७१ रनको साझेदारी महत्त्वपूर्ण बन्यो।त्यसमा पुछारतिर विल ज्याक्सले १८ बलमा ३९ रन जोडेर टोलीको स्कोर १८४ पुर्‍याएका थिए। जसमा उनले अन्तिम ओभरमा करण केसीसँग तीन छक्का सहित २१ रन लिएका थिए।नेपालको अनुशासित बलिङ Reuters नेपालको बलिङ अनुशासित देखिएको थियो।फिल्डिङ भने त्यति चुस्त रहेको देखिएन, जुन नेपाली क्रिकेटको एक शक्तिको रूपमा परिचित थियो।शेर मल्ल करिअरको पहिलो बलमा 'ड्रिम विकेट' लिने क्रममा फिल सल्टलाई २ रनमा आउट गर्दै पावर प्लेको सही सुरुआत दिलाएका थिए।नन्दन यादवले पाँचौँ ओभरमा जोस बटलर (२६ रन) को विकेट लिए। यी दुई विकेट विपक्षी रन गति रोक्नका लागि अत्यन्त महत्त्वपूर्ण बने। BBC सन्दीप लामिछानेले पनि ओभरको पहिलो बलमा नै टोम बान्टोमलाई एलबीडब्लूको धरापमा पारेका थिए।त्यसपछि ज्याकब बेथल र ह्यारी ब्रुकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेर टोली सम्हालेका थिए। बेथल दीपेन्द्रसिंह ऐरीको बलमा 'इनसाइड एज' लागेर बोल्ड हुन पुगेका थिए।त्यसपछि ब्रुकले इनिङ्सलाई अन्तिम ओभरसम्म सम्हालेका थिए। उनी नन्दन यादवको बलमा क्याच हुँदा खेल १९ ओभर पुगिसकेको थियो।नेपालबाट दीपेन्द्र र नन्दनले २/२ विकेट लिए भने सन्दीप र शेरले १/१ विकेट लिए।शेर मल्लको 'ड्रिम डेब्यू' BBC शेर मल्लको विश्वकपको पहिलो खेल स्वर्णिम बन्न पुग्यो।पहिलो विश्वकप खेलिरहेका उनले पहिलो बलमा नै पहिलो विकेट लिएर गजबको कीर्तिमान बनाए।उनको बलमा लामो शट् खेल्ने धुनमा रहेका फिल सल्ट 'एज' लागेपछि सन्दीप लामिछानेबाट समातिन पुगेका थिए। नेपालले हालैको नेपाल प्रिमिअर लीगमा राम्रो प्रदर्शन गरेका मल्ललाई समेट्दै इङ्ग्ल्यान्ड विरुद्धको खेलको लागि ११ सदस्यीय टोली घोषणा गरेको थियो।एनपीएल सिजन २ मा लुम्बिनी लायन्सलाई जिताउन अहम् भूमिका खेलेर नेपाली टोलीमा परेका शेरले अभ्यास खेल र वार्मअप म्याचमा पनि राम्रो प्रदर्शन गरेका थिए।एनपीएलमा १७ विकेट लिएर इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट बनेका शेरले पहिलो खेलको पहिलो बलमा इङ्ग्ल्यान्डका ओपनर फिल सल्टलाई सन्दीप लामिछानेबाट क्याच गराए। टी-२० विश्वकपका लागि बनेको नेपाली प्रारम्भिक टोलीमा एनपीएलको छाप टी२० विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरूलाई समेत हराउन सक्ने एन्ड्रू लिओनार्डको दाबी मिस्ट्री बलरको पहिचान बनाएका यी युवा स्पिनरले वाङ्खेडे रङ्गशालाको रातो माटो पिचमा राम्रो बल घुमाउने आकलन गरिएको थियो।नेपालको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी भने पहिलो रोजाइमा पर्न सकेनन्। प्रशिक्षक स्टुअर्ट लले तीव्र गतिका बलरका रूपमा करण केसी र युवा बलर नन्दन यादवलाई रोजेका थिए।त्यस्तै सन्दीप जोरा पनि पहिलो रोजाइमा परेनन्। मध्यक्रममा आरिफ शेख सँगै लोकेश बमले मौका पाए।अनुमान गरिएजस्तै ललित राजवंशी पनि पहिलो रोजाइमा परेनन्।नेपाली टोली :कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछानेबीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।