Redirecting...

सीएफमोटोको दुई नयाँ मोडल नाइमा एक्स्पोमा सार्वजनिक, मूल्य १३ लाख ४९ हजार - kendrabindu.com

सीएफमोटोको दुई नयाँ मोडल नाइमा एक्स्पोमा सार्वजनिक, मूल्य १३ लाख ४९ हजार - kendrabindu.com
Source: kend

काठमाडौं । लोकप्रिय ब्रान्ड सीएफमोटोले आफ्ना दुई नयाँ मोटरसाइकल मोडेलहरू सार्वजनिक गर्दै अटोप्रेमीहरूलाई फेरि उत्साहित बनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ऋषि ट्रेड सेन्टरले सीएफमोटो ३०० एनके र ४५० एसआरएस नेपाली बजारमा भव्य रूपमा भित्र्याएको छ । ३०० एनके एक आकर्षक नेकेड स्पोट्र्स बाइक हो । जसमा २९२ सीसी सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । यसको अधिकतम पावर २८.८ बीएच र टर्क २५.३ एनएम छ । जुन सहरको सडकदेखि पहाडी बाटासम्म सहज गतिमा कुद्न सक्षम देखिन्छ । यसमा डबल च्यानल एबीएस, स्लिपर क्लच, इन्भर्टेड टेलिस्कोपिक सस्पेन्सन र मोनोशक जस्ता आधुनिक र प्रिमियम फिचरहरू उपलब्ध छन् । कम्पनीले यस बाइकको मूल्य ६ लाख ५४ हजार ९ सय रुपैयाँ राखेको छ । जुन यसको फिचर र डिजाइनअनुसार धेरैलाई उपयुक्त लाग्न सक्छ । उता ४५० एसआरएस भने ती स्पोट्र्स बाइकप्रेमीहरूका लागि ल्याइएको मोडेल हो । जो पर्फमेन्समैत्री इनलाइन ट्विन सिलिण्डर इन्जिनसहित आएको छ । ४४०.५ सीसी क्षमताको यो इन्जिनबाट ५० बीएच पावर र ४० एनएम टर्क जेनेरेट हुन्छ । ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, एबीएस, गोल्डेन युएसडी फोर्क र ६ स्पीड गियर बक्सले यो बाइकलाई प्रिमियम स्पोट्र्स सेग्मेन्टमा दरिएको छ । यसको मूल्य १३ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नाइमा एक्स्पोको अवसर पारेर ऋषि ट्रेड सेन्टरले ग्राहकलाई लक्षित गर्दै सीएफमोटो जिहो अफरको वर्षा अभियानसमेत ल्याएको छ । यस योजनाअन्तर्गत मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले ५० हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्, साथै कस्टमर प्रिभिलेज कार्ड पनि हात पार्नेछन्। केही मोडेलमा कम्पनीले ५ वर्षसम्मको वारेन्टी पनि दिने घोषणा गरेको छ । अझ रमाइलो कुरा त के छ भने, सीएफमोटोको चर्चित अफरोड टूर र ४५० एमटी बुक गर्ने वा खरिद गर्नेले २५ हजार बराबरको एसेसरिज र एक प्रिमियम हेलमेट पनि निःशुल्क पाउने छन् । नेपाली सवारी साधन बजारमा आफ्नो उपस्थितिलाई झनै मजबुत बनाउँदै ऋषि ट्रेड सेन्टरले बिक्री मात्र होइन, बिक्रीपछिको सेवा, ग्राहक सन्तुष्टि, र टुरिङ संस्कृतिको प्रवद्र्धनमा पनि सशक्त उपस्थिति जनाइरहेको छ । अघिल्लो वर्ष नाडा अटो शोमा सार्वजनिक गरिएको ४५० एमटीले प्राप्त गरेको सफलताले यो नयाँ प्रस्तुति पनि ग्राहकले खुलेरै स्वागत गर्ने अपेक्षा गर्न सकिन्छ ।