राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ - nepallive.com
Source: nliv
‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी २१ फागुनमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौँ,’ राष्ट्रपति पौडेलले भने ।