Redirecting...

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित - www.pardafas.com

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित - www.pardafas.com
Source: pfds

बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउछन् । चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालले बताए। हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उनले दिए।