Redirecting...

थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक, थप १५ देशमाथि आंशिक प्रतिबन्ध - www.sutranews.com

थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक, थप १५ देशमाथि आंशिक प्रतिबन्ध - www.sutranews.com
Source: sutr

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । मंगलबार ट्रम्प प्रशासनद्वारा जारी गरिएको आदेशअनुसार थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको एनबीसीन्युजले जनाएको छ । अध्यागमन नीतिलाई अझ कडा बनाउने निरन्तर प्रयासस्वरुप ट्रम्प प्रशासनले ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो । मंगलबार ट्रम्प प्रशासनले बुर्किना फासो, माली, नाइजर, साउथ सुडान र सिरियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो । साथै अमेरिकलले थप अंगोला, एन्टिगुआ र बारबुडा, बेनिन, कोटे डी आइभर, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वेमाथि आंशिक प्रतिबन्ध लगाएको छ । गत जुनमा राष्ट्रपति ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनविरुद्ध यात्रा प्रतिबन्ध लगाएका थिए । बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएल का नागरिकहरूमाथि कडा प्रतिबन्ध लगाइएको थियो ।