गीत: तिमी एउटा भूगोलमा - sahityapost.com
Source: shpt
तिमी एउटा भूगोलमा, म छु अर्कै सागरपारिसम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै ! कति बिताऊँ एक्लो जीवन, सुनसान यो परदेशमातिमी फुल्यौ क्षितिजपारि, म बासना टिपूँ कहाँ ?उजाड यो पिरतीको कथा कसले रच्यो फेरि ?सम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै ! टाढा भनूँ नजिक लाग्छ, नजिक भनूँ भेट हुँदैनसँगै बस्ने रहर थियो, बसौँ भोक मेटिँदैन ।पिरतीको बाटो यस्तो हुन्छ किन वारिपारि ?सम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै ! तिमी एउटा भूगोलमा, म छु अर्कै सागरपारिसम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै !