वाइडबडी प्रकरण : १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर, ११ जनालाई कैद र जरिवाना - farakdhar.com
Source: FRDH
नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले पूर्वअध्यक्ष प्रदीपकुमार कंसाकारसहित निगमका ४ नेपाली अधिकारी र ७ विदेशी प्रतिनिधिलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको हो । कंसाकारलाई २ वर्ष ९ महिना कैद, १२ करोड २५ लाख बिगो र उही मात्राको जरिवाना तोकिएको छ । त्यसैगरी, खरिदबेला पर्यटन सचिवसमेत रहेका शंकरप्रस...