म्यानचेस्टर युनाइटेड रोकियो - www.hamrokhelkud.com
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त प्रहार पोस्टमा लागेर फर्कियो। दोस्रो हाफ सुरु भएपछि पनि युनाइटेडले खेलमा दबाब बनाइराख्यो । त्यसैको परिणामस्वरूप ५८ औँ मिनेटमा डियोगो डालोटले घरेलु टोलीका लागि गोल गर्दै अग्रता दिलाए। यो गोल डालोटको ओल्ड ट्राफोर्डमा प्रिमियर लिगमा पहिलो गोल पनि हो। अग्रतापछि युनाइटेडले थप गोलको लागि प्रयास जारी राख्यो । ८३ औं मिनेटमा वेस्ट हमका लागि सुङगोटू मगार्साले बराबरी गोल गरे। मगार्साको वेस्ट हमका लागि पहिलो प्रिमियर लिग गोल थियो। १४ खेलको समाप्तिमा समान २२ अंक रहेको युनाइटेड लिभरपुललाई पछि पार्दै तालिकाको आठौँ स्थानमा पुगेको छ। टोलीले पाँचौँ स्थानमा उक्लिने मौका भने गुमायो। शीर्ष स्थानको आर्सनलको ३३ अंक छ। वेस्ट हम १८ औँ स्थानमै छ ।The post म्यानचेस्टर युनाइटेड रोकियो first appeared on हाम्रो खेलकुद.