Redirecting...

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो - www.pardafas.com

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो - www.pardafas.com
Source: pfds

देशका विभिन्न जिल्लामा भएको भारी वर्षापछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो। इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ। त्यस्तै सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाको ज्यान गएको हो।