Redirecting...

आज देशका कुन-कुन राजमार्ग अवरुद्ध छन् ? - kendrabindu.com

आज देशका कुन-कुन राजमार्ग अवरुद्ध छन् ? - kendrabindu.com
Source: kend

काठमाडौँ । देशका केही भागमा मनसुन अझै सक्रिय रहिरहेका कारण गएको बाढी र पहिरोले देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पहाडी क्षेत्रका राजमार्गहरूमा पहिरो खस्ने क्रम नरोकिएकाले कोशी र बागमती प्रदेशका मुख्य सडकहरू पूर्ण रूपमा बन्द छन्। सङ्खुवासभाकाे भोटखोला र मकालु गाउँपालिका क्षेत्रमा गएको पहिरो र बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यसैगरी मध्य पहाडी लोक मार्गअन्तर्गत भोजपुरकाे टेम्केमैयुङ गाउँपालिकामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ। मेची राजमार्गमा इलाम नगरपालिकाको राजदुवाली लगायत क्षेत्रमा अविरल वर्षाका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ। बि.पि. राजमार्ग (काभ्रे/सिन्धुली): काभ्रेको रोशी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका-९ (नेपालथोक) मा पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द गरेको छ। कान्तिलोकपथ (ललितपुर): गोदावरी न.पा. स्थित तीनपाने र टिकाभैरवको बिच भागमा पहिरोका कारण पूर्ण रूपमा अवरोध भएको छ। पासाङ ल्हामु सडक खण्ड (रसुवा): गोसाइकुण्ड गाउँपालिका क्षेत्रमा पहिरो र अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। एकतर्फी सञ्चालनमा रहेका सडक: मध्य पहाडी लोक मार्ग (धनकुटा): पाख्रिबास नपा-९ ‘टिकुरे’ मा पहिरो र सडक भासिएको कारण जोखिमका साथ एकतर्फी सुचारु गरिएको छ। कान्ति लोकपथ (मकवानपुर): भीमफेदी र बकैया गाउँपालिका क्षेत्रमा पहिरो पन्छाई एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएका छन्। प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न अनुरोध गरेको छ।