चिनियाँ विद्युतीय भ्यान ‘क्यारी’ नेपाली बजारमा, सुरुवाती मूल्य ५८ लाख ५६ हजार रुपैयाँ - techpana.com
Source: tcpn
काठमाडौँ । लक्ष्मी ग्रुपले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ नेपाली बजारमा औपचारिक रूपमा भित्र्याएको छ । ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्सपो’ मा ‘केभान १’ र ‘केभान २’ नामक दुई विद्युतीय भ्यान सार्वजनिक गरेको हो । यी भ्यान व्यावसायिक र शैक्षिक दुवै क्षेत्रलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । १५ सिट क्षमताको केभान १ को मूल्य ५८ लाख ५६ हजार रुपैयाँ र १६ सिट क्षमताको केभान २ को मूल्य ६३ लाख ६...