उड्डयन प्राधिकरण महानिर्देशक अधिकारी र पूर्वमहानिर्देशक भण्डारी पक्राउ - farakdhar.com
Source: FRDH
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ । उनलाई आज (बुधबार) विशेष अदालतमा प्रस्तुत गरिएको बताइएको छ । यसै मुद्दामा क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । नलिन्चोक हेलिकप्टर काण्डसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्न उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । सो प्रकरणमा कुल ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । अधिकारी र भण्डारीको म्याद थपका लागि प्रक्रिया भइरहेको अदालत स्रोतले जनाएको छ ।&...