मधेशसहित देशका केही ठाउँमा रातिदेखि वर्षा, तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने सम्भावना - lokaantar.com
Source: loka
गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कैलालीलगायत ठाउँमा राति मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति काठमाडौं उपत्यकामा पनि पानी परेको थियो । यद्यपि, बिहानदेखि काठमाडौंमा पानी पर्न राोकिएको छ । आज दिउँसो र राति पनि देशका धेरै ठाउ...