एमाले महाधिवेशन अपडेटः मतदान सकिन लाग्यो, मतगणनाको तयारी - kendrabindu.com
Source: kend
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदान अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान सुरु भएको मतदान बिहीबार बिहान समापनतर्फ उन्मुख भएको हो। निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये बिहीबार बिहान ५ बजेसम्म २ हजार ९१ मत खसिसकेको छ। बाँकी मतदाताहरू मतदानस्थलमा लाइनमा रहेको उनले जानकारी दिए। आयोगले यसअघि बिहान ५ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको थियो।मतदान प्रक्रिया सम्पन्न भएपछि तीन घण्टाभित्र नतिजा सार्वजनिक गरिने उपाध्यक्ष पोखरेलले बताएका छन्।